रोयल इन्फिल्डले हन्टर कार्निभल ‘राइड एण्ड भाइव’ थिममा कार्यक्रम आयोजना गरेको छ।
रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. ले हालसालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, शंखमूलमा गरेको हो।
कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जीएमए प्रदर्शनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्लगायतका कार्यक्रमहरु भएको थियो भने यस कार्यक्रममा १ हजार२ सय जना सहभागी भएका थिए।
रोयल इन्फिल्ड “हन्टर राइड एण्ड भाइव स्लो रेस कम्पिटिसनमा सन्जय बुढाथोकी पहिलो, राम भण्डारी दोस्रो र आर्जित श्रेष्ठ तेस्रो भए।
उनीहरुले मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेटलगायतका सामानहरु पाएका थिए।
57
Shares
प्रतिक्रिया