ad ad

कारोबार


एमएचपीएलले ल्यायो आफ्ना ग्राहकका लागि मोबाइल एप, के के छन् सुविधा?

एमएचपीएलले ल्यायो आफ्ना ग्राहकका लागि मोबाइल एप, के के छन् सुविधा?

नेपालखबर
जेठ ७, २०८१ सोमबार १२:४९, काठमाडौँ

एमएडब्लु हायर पर्चेज प्रालि (एमएचपीएल)ले आफ्ना ग्राहकका लागि ट्रेन्डसेटिङ ‘मोबाइल एप’ ल्याएको छ। 

कम्पनीले ‘एमएचपीएल’ एप सुरु गर्दै ग्राहकलाई कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमै गर्न सक्ने सुविधा दिएको हो। 

एक कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले एपको सुरुवात गरेका थिए। 

योसँगै ग्राहकले आफ्नो कर्जाको अवस्था जान्न भौतिक रुपमै उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ।

एपबाट कर्जा विवरणको जानकारी र बाँकी सावाँ रकमको भुक्तानी तालिका, सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्प, कर्जा अवस्थाको जानकारी रियल टायम नोटिफिकेसन, झञ्झठमुक्त अनुभवका लागि प्रयोगकर्तामैत्री इन्टरफेसजस्ता सुविधा पाइनेछ। 

एमएचपीएल एमएडब्लु ग्रुपले प्रवर्द्धन गरेको र राष्ट्र बैंकबाट इजाजत पाएको हायर पर्चेज कम्पनी हो। यसले देशभर ३० हजार बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गरिसकेको छ। 

कम्पनीले नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरेको जनाएको छ। 

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू [इभी र फोसिल फ्युल इन्धन], भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ। संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .