ad ad

कारोबार


भन्सार र अन्त:शुल्क वृद्धिसँगै टाटाको टियागो ईभीको मूल्य बढ्ने

भन्सार र अन्त:शुल्क वृद्धिसँगै टाटाको टियागो ईभीको मूल्य बढ्ने

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १६:५२, काठमाडौँ

सरकारले विद्युतीय गाडीका कर बढाएपछि टाटाको टियागो ईभीको मूल्य बढ्ने भएको छ।

बजेटमार्फत ५० किलोवाटका गाडीमा भन्सार र अन्त:शुल्क ५–५ प्रतिशत बढाउँदा टियागोको मूल्य बढ्ने भएको हो। 

सरकारले भन्सार र अन्त:शुल्कमा भ्याट, सडक दस्तुर जोड्दा अहिलेको मूल्यमा १३ प्रतिशत हाराहारीमा बढ्नेछ। 

टाटाको टियागो ईभी अहिलेको मूल्य २६ लाख ४९ हजारदेखि २८ हजार ९९ हजार रुपैयाँसम्म छ। यसअनुसार सोझै हिसाबले २ लाख ५० हजारदेखि ३ लाखसम्म बढ्नसक्ने देखिन्छ। 

टाटाले अहिलेसम्म नयाँ मूल्यसूची भने सार्वजनिक गरेको छैन। नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर बढेको विषयमा छलफल भए पनि कति मूल्य बढ्ने टुंगो नलागिसकेको जनाएको छ। 

बजारमा करअनुसार नै मूल्य बढाउँदा महंगो हुने भएकाले गाडीको बिक्रीमा कमी आउन सक्छ। सकेसम्म मूल्य कम गर्न भारतको उत्पादक कम्पनीसँग छलफल गरिरहेको जनाएको छ। भारतको उत्पादक कम्पनीले बढेको मूल्यमा कति व्यहोर्छ। त्यसको आधारमा टाटा टियागोको मूल्य निर्धारण हुनेछ। 

नेपालमा बिक्री हुने सबैभन्दा बढी गाडीमा अहिले टाटाको टियागो पर्छ। कम्पनीले ८० प्रतिशतसम्म ऋण सुविधा दिने भएकाले धेरै ग्राहकले टियागो खरिद गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .