ad ad

कारोबार


कोन्ज्योसोम गाउँपालिकाको बजेट ५१ करोड ३७ लाख

वडाध्यक्षले ७ लाखभन्दा माथिका ४ वटासम्म योजना बनाउन पाउने
कोन्ज्योसोम गाउँपालिकाको बजेट ५१ करोड ३७ लाख

नेपालखबर
असार ११, २०८० सोमबार ११:२, ललितपुर

देशभरका स्थानीय तहसँगै आइतबार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ। 

उक्त गाउँपालिकाले ५१ करोड ३७ लाख ३१ हजार बराबरको आय-व्यय प्रस्तुत गरेको छ। 

नयाँ आर्थिक वर्षका लागि कोन्ज्योसोम गाउँपालिकाले शिक्षामा १ करोड १० लाख, कृषिमा १ करोड १० लाख, स्वास्थ्यमा ३० लाख, सामाजिक सुरक्षामा २० लाख, पशुमा ३१ लाख रकम खर्च गर्ने भएको छ। क्रमागत योजनाअन्तर्गत शंखु अस्पताललाई यस वर्ष ७ करोड रकम विनियोजन गरिएको छ। 

गाउँपालिकाले प्रत्येक वडालाई ४५ लाखको बजेट सिलिङ उपलब्ध गराएको छ भने भौतिक पूर्वाधारका लागि वडाध्यक्षको तजबिजमा रहने गरी थप ८/८ लाख रकमसमेत दिइएको छ।  वडाध्यक्षले कम्तीमा २ लाखको योजना तथा ७ लाखमाथिका कम्तीमा ३ देखि ४ वटासम्म वडास्तरीय योजना बनाउन पाउने गाउँपालिकाले जनाएको छ।  

गाउँपालिकाले यसपटक अध्यक्ष/उपाध्यक्ष कार्यक्रम भने बन्द गरेको छ। साथै आवश्यकताका आधारमा सबै विषयगत समितिलाई पनि बजेट उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाको १३औं गाउँसभा अधिवेशनमा गाउँपालिका प्रमुख कृष्णमान लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने बन्दसत्रमा उपाध्यक्ष राजन प्रसाद घिमिरेले गाउँपालिकाको अनुमानित बजेट वाचन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .