ad ad

कारोबार


चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ फराकिलो मतान्तरले विजयी

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ फराकिलो मतान्तरले विजयी

नेपालखबर
पुस २४, २०८० मंगलबार ९:५९, चितवन

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ फराकिलो मतान्तले विजयी भएका छन्। 

सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार श्रेष्ठले आफ्ना प्रतिस्पर्धी सिरिस पन्तलाई पराजित गरेका हुन्।

श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गर्दा पन्तले ८४३ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

संघको कार्यसमितिमा विजयी हुने अधिकांश श्रेष्ठको प्यानलका छन्। 

संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जिवी सुवेदी विजयी भएका छन् भने उपाध्यक्षमा उद्योगतर्फ अशोक अधिकारी, वाणिज्यतर्फ राजेन्द्र ओली र वस्तुगततर्फ नारायण प्रधान विजयी भएका छन्। 

संघको वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .