ad ad

कारोबार


दूधको अनुदान कटौती गरेको विरोधमा कृषि निर्देशनालय हेटौँडामा ताला

दूधको अनुदान कटौती गरेको विरोधमा कृषि निर्देशनालय हेटौँडामा ताला

नेपालखबर
माघ १६, २०८० मंगलबार ११:४४, हेटौँडा

बागमती प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरेको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन्। 

बागमती प्रदेशका १३ वटै जिल्लाका दूग्ध उत्पादक कृषि सहकारीका प्रतिनिधि तथा किसान आन्दोलित भएका हुन्। आन्दोलित किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडामा मंगलबार तालाबन्दी गरेका छन्।

प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई अनुदानबापत यसअघि ३० करोड रुपैयाँ विनियोजन गरेको थियो। त्यसलाई घटाएर यस वर्ष ५ करोड रुपैयाँ छुट्याएइको छ। 

दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलित भएका हुन्।

कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसान मारमा परेको भन्दै आन्दोलन थालिएको हो। 

उनीहरुले मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको आरोप लगाएका छन्। प्रदेश सरकारले पनि अनुदान रोक्ने र स्थानीय तहले पनि अनुदानको व्यवस्था नगरेका कारण आफूहरु मर्कामा परेको आन्दोलित किसानको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .