वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकले आगामी माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
नयाँ ब्याजदरअनुसार अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्।
एनएमबी बैंक र एभरेष्ट बैंकले पुसको ब्याजदरलाई निरन्तरता दिएका छन्। अन्य १८ वाणिज्य बैंकले पुसको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटाएका हुन्। माघको लागि मुद्दतीमा पैसा राख्दा सिटिजन्स बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेप पैसा राख्दा अधिकतम ९.१५ प्रतिशतसम्म ब्याज दिने भएको हो। त्यसैगरी धेरै ब्याज दिनेको दोस्रो नम्बरमा एनएमबि बैंक रहेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पैसा राख्दा ९ प्रतिशतसम्म ब्याज दिनेछ।
मुद्दतीमा पैसा राख्दा सबैभन्दा कम ब्याज दिने बैंक हो कृषि विकास बैंक। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२६ प्रतिशत र संस्थागत निक्षेप राख्दा ५.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।
औसत ब्याजदर घट्यो
पुसको तुलनामा माघमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२४ प्रतिशतले घटेर ८.१६७ प्रतिशतमा झरेको छ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ०.७६४ प्रतिशतले घटेर ६.१३ प्रतिशतमा झरेको छ।
पछिल्लो तीन महिनायता बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेपको ब्याजदर घट्दै जादा बेस रेट कम भई कर्जा समेत सस्तो हुने गर्दछ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेका हुन्। कर्जाको माग नहुने निक्षेप थपिँदै जाँदा आगामी समयमा थप ब्याजदर घट्दै जाने जानकार बताउँछन्।
एभरेष्ट बैंक र एनएमबि बैंकले पुसको ब्याजदर माघमा निरन्तरता दिएका छन्। एभरेष्ट बैंकले व्यक्तिगत मुद्दतीतर्फ ८ प्रतिशत र संस्थागत मुद्दतीको ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दतीतर्फ ९ प्रतिशत र संस्थागत मुद्दतीको ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
१८ बैंकले घटाए निक्षेपको ब्याजदर
कृषि विकास बैंकले माघ महिनाको लागि निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दतीतर्फ १.७५२ प्रतिशत र संस्थागततर्फ १.२५२ प्रतिशतले ब्याजदर घटाएको छ।
माघमा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।
त्यसैगरी नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ«े बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
प्रभु बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.०६ प्रतिशत र संस्थागततर्फ ६.०६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागत तर्फ ६.१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
यता, एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ०.६० प्रतिशतले घटाएर अधिकतम ८.०६ प्रतिशत र संस्थागततर्फ ६.०६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर सबैभन्दा कम
स्टान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीमा सबैभन्दा कम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। पुसको तुलनामा बैंकले व्यक्तिगततर्फ ०.४९ प्रतिशतले घटाएर ८.०७ प्रतिशत निर्धारण गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।
सानिमा बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
कुमारी बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
सिटिजन्स बैंकले दिन्छ सबैभन्दा धेरै ब्याज
सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबिआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन्।
सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ९.१५ प्रतिशत र संस्थागत तर्फ ६.११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। यस बैंकले व्यक्तिगत मुद्दती खातामा सबैभन्दा धेरै ब्याजदर दिने जनाएको छ।
नेपाल इन्भेष्टमेन्टले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.६ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशतसम्म र नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।
Shares
प्रतिक्रिया