भरपर्दा मिडफिल्डर केभिन डि ब्रुइनले करिब ६ महिनापछि कमब्याक गर्दा म्याचेस्टर सिटीले न्युक्यासल युनाइटेलाई हराएको छ।
गयराति भएको इङ्लिस प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई उसकै घरेलु मैदान जेम्स पार्कमा हराएको हो।
तर सिटीले जितका लागि इन्जुरी समयसम्म पर्खिनु पर्यो। सिटीका लागि इन्जुरी समयमाओस्कार बोबले गोल गर्दै ३–२ को जित पक्का गराए।
प्रिमियर लिगमा पहिलो गोल गरेका यी २० वर्षीय खेलाडीका लागि केभिन डि ब्रुइनले डी बक्सबाहिरबाट लामो पास दिएका थिए।
पहिलो हाफमा २-१ ले पछि परेको सिटीका लागि खेलको ६९ औँ मिनेटमा मैदान पसेका ब्रुइनले नै ७४ औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए।
सिटीले अग्रता भने खेलको २६ औँ मिनेटमा बेर्नार्डो सिल्भाको गोलमा बनाएको थियो। तर न्युक्यासलका अलेक्जेन्डर इसाकले ३५ औँ मिनेटमा गोल गर्दै बराबरीमा फर्काए। त्यसको २ मिनेटमै एन्थोनी गार्डनले गोल गरेपछि न्युक्साल २-१ ले अघि बढेको थियो।
यो जितपछि सिटी २० खेलबाट ४३ अंकसहित लिगको दोस्रो स्थानमा पुगेको छ। एक खेल धेरै खेलेको न्युक्साल भने २९ अंकसहित लिगको १० औँ स्थानमा खुम्चिएको छ।
लिगको पहिलो स्थानमा भने लिभरपुल छ। उसले २१ खेलबाट ४१ अंक बनाएको छ।
Shares
प्रतिक्रिया