बैंक तथा वित्तीय क्षेत्रको निक्षेप संकलन चैत महिनामा घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा ६१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको कुल निक्षेप चैतमा २४ अर्बले घटेको हो।
योसँगै चैतसम्म कुल निक्षेप ६१ खर्ब ६४ अर्ब रहेको छ। त्यसैगरी कुल कर्जा प्रवाहमा भने सुधार देखिएको छ। केन्द्रीय बैंकका अनुसार सोही अवधिमा कुल कर्जा ३६ अर्बले बढेको छ।
फागुन मसान्तमा बैंक तथा वित्तीय क्षेत्रको कुल कर्जा प्रवाह ५० खर्ब ९१ अर्ब रहेको थियो। चैतमा उक्त कर्जा ५१ खर्ब २७ अर्ब पुगेको छ।
174
Shares
प्रतिक्रिया