ad ad

राजनीति


विपक्षीको अवरोधबीच प्रधानमन्त्रीलाई चौथोपटक संसद्‌को विश्वास (तस्बिरहरू)

विपक्षीको अवरोधबीच प्रधानमन्त्रीलाई चौथोपटक संसद्‌को विश्वास (तस्बिरहरू)

नेपालखबर
जेठ ७, २०८१ सोमबार १३:४३, काठमाडौँ

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत प्राप्त गरेका छन्। 

गत वैशाख २१ गते जनता समाजवादी पार्टी विभाजित भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएका हुन्। 

विश्वासको मत लिने प्रक्रियामा संसद्का २ सय ७५ मध्ये १ सय ५८ मात्रै सहभागी भए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरू भने मतदान प्रक्रियामै सहभागी बनेनन्। 

संसदको विश्वास यथावत् राख्न १ सय ३८ सांसदको समर्थन हुँदा बहुमत पुग्छ।

यसअघि तीनपटक विश्वासको मत लिँदा प्रचण्डले कुनै अवरोध खेप्नुपरेको थिएन। तर, सोमबारको बैठकमा विपक्षी दलहरू वेल घेराउमा हुँदैगर्दा प्रचण्डले विश्वासको मत मागे। सभामुखले प्रक्रिया अघि बढाए।

विश्वासको मत माग्दैगर्दा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको आजको प्रदर्शनलाई ‘इतिहासकै कलंक’को संज्ञा दिएका छन्। उनले कांग्रेसलाई चेतावनी दिँदै सोमबारको प्रदर्शन मूल्य चर्को पर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .