चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सीजी ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ।
सीजी ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको सीजी ग्रुपले जनाएको छ।
ग्रुप भन्छ, ‘ई.सं. २००५ देखि सीजीले टेलिभिजन र डि.भि.डिहरु आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु ग¥यो। आफ्नै देशमा बनाउने हुनाले सीजीमा नेपालीपन झल्किन्छ।’
सफलतापुर्वक सीजीले आफ्ना सामाहरु बजारमा बिक्रीवितरण गर्न सुरु गरेपछि सीजीले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गयो। जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाइन्सेस, एसी, साना घरायसी सामानहरु, सीएफएल बल्भ, एलईडी टिभी, एलईडी लाइट्स, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन्।
छोटो समयमा नै सीजीले धेरैभन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भएको छ।
नेपालको एक मात्रै आईएसओ ९००१ः२०१५ बाट प्रमाणित सीजी ब्राण्ड, गुणस्तरीय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपुर्ती गर्ने सीजी ब्राण्डको प्रमुख दृष्टिकोण रहेको छ।
नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सीजी अगाडि बढिरहेको छ। प्रत्येक नेपालीको घर घरमा सीजी ब्राण्ड पु¥याउने यसको प्रमुख उद्देश्य रहेको चौधरी ग्रुपले जनाएको छ।
ग्रुप अगाडि भन्छ, ‘आफ्नो लगनशिलता र अथक मेहनतको साथ सीजी ब्राण्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ। हल सीजीमा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरु उपलब्ध छन्। यी सामानहरु विक्री वितरण गर्न सीजीले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ।’
नेपालभरि ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सीजीसँग अबद्ध छन्। करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहकहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको ग्रुपले जनाएको छ। सीजीका सामानहरु उचित मूल्यमा गुणस्तरयुक्त भएकै कारण आज सफल भएको दाबी गरिएको छ।
‘सीजी ब्राण्ड सफल हुनुमा सीजीका सम्र्पुण डिलरहरुलाई र सीजीसँग अबद्ध रहेर काम गर्नेहरुलाई नै सीजी आफ्नो सफलताको करक मान्दछ’, ग्रुपले थप्यो, ‘त्यस्तै, सीजी ले हाल सम्म आफ्नै नेपाल भरि १३ ओटा डिजिटल सोरुमहरु पनि खोलिएको छ। जहांबाट तपाईहरुले सीजीका कुनै पनि इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सक्नुहुनेछ।’
सीजी बाण्डको बारेमा विस्तृत रुपमा जानकारी लिनको लागि सीजीले आफ्नो छुट्टै वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) पनि बनाएको छ। जहाँ बाण्डको बारेमा मात्र नभई सामानहरुको विशेषता, यसको मूल्य, रंग, साईज आदि जस्ताको बारेमा सम्पूर्ण जानकारी दिइएको छ।
सीजी ब्राण्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सीजीले सीजी ब्राण्डमा सिग्नेचर सिरिज ‘सीजी मेरिडिया’ ल्याएको छ। यो सिरिजमा टि.भी., वासिङ मेसिन, ए.सी., रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्यास स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु आईसकेका छन् भने अरु पनि प्रोडक्टहरु ल्याउने क्रम जारी नै रहेको छ।
यी प्रोडक्टहरु निकै आकर्षक र यसमा विशेषताहरु पनि निकै आकर्षक रहेको कारण यी प्रोडक्टहरुलाई सीजीले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ। अब नेपालीहरुले यी प्रोडक्टहरुको प्रयोगहरुबाट अन्तराष्ट्रिय ब्राण्डको अनुभूति प्रप्त गर्नेछन्।
Shares
प्रतिक्रिया