हाम्रो पात्रो एपले नयाँ फिचरको रूपमा 'हाम्रो लर्निङ सेन्टर' सञ्चालनमा ल्याएको छ ।
एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।
स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको छ। समयमा पाठ्यपुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ।
प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षाबीचको दूरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने कम्पनीको दाबी छ।
प्रविधिले यो समस्यामा पुलको भुमिका खेल्ने भएको छ। हाम्रो पात्रो इंक. का फाउन्डर/सिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताए।
यही असार १५ मा एक समारोहका बीच हाम्रो पात्रोका सीईओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीले सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
Shares
प्रतिक्रिया