नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने बैंकले जनाएको छ।
बैंकका अनुसार संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुनेछ।
त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ।
यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन्।
नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ।
117
Shares
प्रतिक्रिया