भिभोले भी२१ई स्मार्टफोनको मूल्य घटाएको छ। भी२१ई को मूल्य दुई हजार रुपैयाँले घटेको हो।
योसँगै उक्त फोन अब नयाँ मूल्य ३७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुने पनि कम्पनीले उल्लेख गरेको छ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौँ।’
भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ। शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरको साथै फोनमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडीआर१० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ।
यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । यो दुई आकर्षक रंग – रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ । भी२१ई मा क्वालकम स्न्यापड्रेगन ७२०जी प्रोसेसर छ जुन ८जीवी र्याम र १२८जीवी रोममा, ३जीवी एन्सटेन्डेबल र्यामको साथ आउँछ।
यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ।
३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् । दुई हजारले मूल्य घटेसँगै भी२१ई देशभरको रिटेल स्टोर र इकमर्समा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया