डिश मिडिया नेटवर्कले एक वर्षमा झण्डै ५ अर्बको सञ्चालन आम्दानी गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ९२ करोड रुपैयाँको कारोबार गरेको हो।
डिशहोमको १ वर्षमा २१ करोड सञ्चालन आम्दानी घटेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ५ अर्ब १३ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो।
२०७५/०७६ मा भने ४ अर्ब २५ करोड रुपैयाँबराबर सञ्चालन आम्दानी गरेको थियो। कम्पनीको आम्दानी व्याज र करबाहेक २०७७/०७८ मा ३९.६० प्रतिशत रहेको छ। अघिल्लो वर्ष ३९.९९ प्रतिशत मार्जिन रहेको छ।
डिस मिडिया नेटवर्ल लिमिटेड २०१० मा सेटलाइन च्यानल प्रालि र डिस मिडिया नेटवर्क प्रालिबीच मर्जर भउको थियो।
कम्पनी २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। कम्पनीका देशभर ८५ डिलर र ३५०० भन्दा बढी सब डिलर रहेका छन्।
डिश मिडिया नेटवर्कका ९ लाख ७० हजार ग्राहक छन्।
51
Shares
प्रतिक्रिया