नेपाल अडिटर्स एसोसिएसन (अडान) १८औँ वर्षमा प्रवेश गरेको छ । साथै अडानले आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ।
अडान दिवसका अवसरमा आयोजित समारोहमा महालेखापरीक्षक टंकमणि शर्माले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैँलाई स्वनियमन गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएसका लागि एसएमईसको सीमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताए । साथै कार्यक्रममा अडानका संस्थापक अध्यक्ष कमल खरेललाई सम्मान गरिएको थियो । त्यस्तै काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमालाको विमोचन गरिएको थियो ।
यस्तै अडान दिवसकै अडानको उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए । दिवसकै अवसरमा नेपाल लेखमान (एनएफआरएस एसएमईस, एमई र एनपीओएस), मौद्रिक नीति २०७९, कर तथा कर विवरणमा भएका परिवर्तनका सत्रहरू सञ्चालन गरिएको थियो । नेपाल लेखामान (एनएफआरएस एसएमई, एमई र एनपीओएस) सत्रमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
Shares
प्रतिक्रिया