भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ।
आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्वसाधारण पनि लाभान्वित हुनेछन्।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहर मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने कम्पनीले जनाएको छ।
यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको कम्पनीको भनाइ छ। साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउनेछन्।
यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ। भायानेट सुर्खेतको सर्भिस सेन्टर वीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर भने बी.पी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ। भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर रोड एनआईसी एसिया बैंक नजिकै खोलिएको छ ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आईएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो।
Shares
प्रतिक्रिया