आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’को एकमात्र राष्ट्रिय वितरक बनेको छ।
पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउने ग्रुपले जनाएको छ।
आईएमएसले भनेको छ, ‘पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षण मा लीदर हो र पाराकिटोले उच्चगुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्दछ। यसले विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्दछ जस्तै रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन। यस उत्पादनले एक वैकल्पिक, पूर्ण सुरक्षित सुरक्षा समाधान को प्रतिनिधित्व गर्दछ, विशेष गरी बच्चाहरु, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरुलाई।’
पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरारहित रहेको जनाइएको छ। पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिने ग्रुपले जनाएको छ।
‘यी सबैले पाराकिटोलाई बाहिर खेल्न रमाईलो गर्ने बच्चाहरूका लागि र हाइकिङ्ग, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरू र पारिवारिक पिकनिकमा लागेका मानिसहरूका लागि स्वाभाविक रूपमा उत्तम समाधान बनाउँछ’, ग्रुपले भनेको छ।
राष्ट्रिय वितरक बनेसँगै पाराकिटो अब आइएमएस लिटल स्माइलस शोरुमहरूमा विशेष रूपमा उपलब्ध भएको छ।
आईएमएस लिटल स्माइल शोरुमहरू १ दरबार मल, दरबार मार्ग र सिटी सेन्टर, कमलपोखरीमा स्थित छ र यहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेन जस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरू बेच्ने गरिन्छ।
पाराकिटो स्मार्टडोकोमा अनलाइन उपलब्ध छ जुन नेपालको सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई(कमर्स ब्रान्ड हो जसले ७७ जिल्लामा उत्पादनहरू पुर्याउँछ।
Shares
प्रतिक्रिया