सूर्य नेपालले १ वर्षमा ९ अर्ब ४१ करोड खुद नाफा कमाएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा २४ अर्ब ४९ करोड रुपैयाँको व्यापार गर्दा साढे नौं अर्ब कमाएको हो।
२०७६/०७७ मा २४ अर्ब २७ करोड आम्दानी गरेको थियो। उक्त वर्ष ९ अर्ब ८४ करोड खुद नाफा गरेको छ। आर्थिक २०७५/०७६ मा २५ अर्ब १३ करोड रुपैयाँको आम्दानी गरेको छ।
सूर्य नेपाल प्रा.लि १९८६ मा स्थापना भएको थियो। जसमा ५९ प्रतिशत भारतिय लगानी रहेको छ।
३९ प्रतिशत नेपाली विभिन्न ग्रुपको रहेको छ भने २ प्रतिशत सेयर ब्रिटिस अमेरिकम टोबेको लिमिटेडको रहेको छ। कम्पनीले नेपालमा सिगरेट, सलाई, अगरबत्ति र कन्फेक्सनरीको व्यवसाय गर्दै आएको छ।
केयर रेटिङका अनुसार सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋण लिन पाउँछ। सूर्य नेपालको अध्यक्ष सभिव पुरी रहेका छन्। रवि कुमार रायब्रम प्रबन्ध निर्देशक रहेका छन्।
कम्पनीले नेपालमा सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लञ्जरी किङ, सिखर फिल्टर किङ, खुकुरी फिल्टर, पाइलट फिल्टर, विजुली, चौतारी ब्रान्ड उत्पादन गर्दै आएको छ।
Shares
प्रतिक्रिया