लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नारायणी सामुदायिक अस्पतालबीच व्यावसायिक सम्झौता भएको छ।
लुम्बिनी जनरलबाट बीमा गरेका बीमितले अस्पतालमा नगदरहित उपचार सुविधा पाउने सम्झौता भएको हो।
कम्पनीका अनुसार औषधि उपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधीनमा रही अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन्।
यससम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
24
Shares
प्रतिक्रिया