एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकमा विभिन्न सूचकहरुमा उत्कृष्ट नतिजा हासिल गरेको छ।
जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले धेरै र २६ वाणिज्य बैकहरुमध्ये सबैभन्दा बढी हो।
गत वर्ष एन आई सी एसिया बैंकले आफ्नो २५ वर्षको इतिहासमा सबैभन्दा धेरै प्रगति गर्न सफल भएको थियो। बैंकले गत वर्ष अधिकांश वित्तीय सूचकांकहरुमा १६ वर्षकै उत्कृष्ट बन्न सफल भएको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसँगै बैंकले आफ्नो तीव्र प्रगतिको ग्राफलाई निरन्तरता लिँदै विभिन्न सूचकांकहरुमा अग्रणी स्थान लिन सफल भएको छ।
बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकले बैंकिङ क्षेत्रमा देखिएका विभिन्न समस्याका बापजुत पनि उच्च प्रगति गर्न सफल भएको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभावलगायतका समस्या हुँदाहुँदै यो राम्रो प्रगति गर्न सफल भएको बैंकको भनाइ छ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । जसलाई यो चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको एन आई सी एसिया बैंकले समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले खुद नाफासँगै निक्षेप, कर्जा, ब्याज आम्दानी, कुल आम्दानी, सञ्चालन नाफा, आरओई, इपीएस, बजार पूँजीकरण, शाखा, एटिएम, कर्मचारी संख्याजस्ता सूचकहरुमा उच्च प्रगति यथावत राख्न सफल भएको छ।
बैंकले उपलब्ध गराएको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकसम्ममा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा पुर्याएको छ । त्यसैगरी, निक्षेप संकलनमा पनि उच्च प्रगति गर्न सफल भएको छ । यस प्रथम त्रैमासिकसम्ममा कुल निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
बैंकको स्व–पूँजी प्रतिफल (आरओई) २६.५५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आरओई २१.३९ प्रतिशतमात्र रहेको थियो।
यसैगरी, वार्षिक प्रति शेयर आम्दानी पनि मुलुकमा सञ्चालनमा रहेका २६ बाणिज्य बैंकहरुमध्ये कै उत्कृष्ट रहेको छ । चालू आवको पहिलो त्रैमासिकमा बैंकले वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा प्रति शेयर आम्दानी ३९.६५ रुपैयाँ रहेको थियो।
बैंकले कर्जा असुलीमा पनि उत्साहजनक नतिजा हासिल गरेको छ । बैंकले कर्जा असुलीमा राम्रो नतिजा हाँसिल गरिरहँदा यस त्रैमासिकसम्ममा उसको निष्कृय कर्जा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ।
बजारमा आक्रमक रुपमा आइरहेको एन आई सी एसिया बैंकलाई नयाँ ग्राहक माझ पुग्न सफल भएको छ । बैंकले बैंकिङ्ग क्षेत्र नपुगेका देशका विभिन्न ठाउँमा जाने योजनाअनुसार नयाँ ग्राहक थप्न सफल भएको छ । बैंकले शहरउन्मुख क्षेत्र, बैंक नपुगेका विकट र ग्रामीण क्षेत्रमा आफ्नो सेवालाई बिस्तार गरिरहेको छ।
नयाँ ठाउँ पहिल्याउँदै जाँदा बैंकले आव २०७९/८० को प्रथम त्रैमासिकसम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप्न सफल भएको छ। बैंकका अनुसार योसँगै ३४ लाखभन्दा बढी ग्राहक सक्षम पुग्न सफल भएको छ।
बैंकले कर्जा विस्तारमा विविधिता ल्याउँदै कुल कर्जा लगानीको करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको जनाएको छ । साना तथा मझौला क्षेत्रमा कर्जा वितरणमा एन आई सी एसिया बैंक अग्रणी स्थानमा रहेको छ।
पछिल्लो समय एनआईसी एसिया बैंकले बंैकिङ्ग सञ्जाल विस्तारलाई आक्रमक बनाएको छ । यही क्रममा बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ।
गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ।
Shares
प्रतिक्रिया