बाबा भेजिटेबल आयल इन्डस्ट्रिजले १ वर्षमा साढे ७ अर्बको तेल बिक्री गरेको छ।
कम्पनीले सोयाविन, सनफलावर र भेजिटेवल लाय ७ अर्ब ५९ करोडको बिक्री गरेको हो।
कम्पनीले १ वर्षमै २ अर्ब रुपैयाँले वृद्धि गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा ५ अर्ब ५१ करोड आम्दानी गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ९ करोड रुपैयाँ कारोबार गरेको थियो।
कम्पनीको कारोबार बढ्नुमा पाम आयलको हिस्सा रहेको छ। कम्पनीको आम्दानीमध्ये ८० प्रतिशत निर्यात हिस्सा रहेको छ।
कम्पनीले वार्षिक ४५ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको छ। बाबा आयलले सिद्धबाबा ब्रान्डमा तेल विक्री गर्दै आएको छ। मोरङमा रहेको प्लान्टबाट विराटनगर, काठमाडौं, पोखरासंगै भारतमा निर्यात समेत गर्छ।
कम्पनीको अध्यक्ष प्रकाश कुमार मुन्दरा रहेका छन् भने सुरेश कुमार राठी निर्देशक रहेका छन्।
18
Shares
प्रतिक्रिया