सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात् बिहीबारदेखि संयुक्त कारोबार थालेका छन्।
गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स क.लि. को नाम मा कारोबार भएसँगै सो कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा भएसँगै केन्द्रीय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ। कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई चयन भएका छन् भने प्रकाश विक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायब प्रमुख कार्यकारी अधिकृत भएका छन्।
मर्जरपश्चात सूर्यज्योतिको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कुल लगानी २८ अर्बभन्दा बढी पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९/८० को पहिलो त्रैमासिकसम्मको कुल जीवन बीमाकोष २२ अर्ब, कुल बीमाशुल्क २ अर्ब २७ करोडभन्दा बढी तथा नाफा भने ४२ करोड पुगेको छ।
कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ सँगै देशभर सात प्रदेशमा १८१ शाखाहरुबाट १३ लाख बढी बीमितलाई सेवा दिँदै सूर्यज्योति विशाल कम्पनी भएको छ।
सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी ऐतिहासिक सफल मर्जरपश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत् , अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उभिएको जानकारी दिए।
Shares
प्रतिक्रिया