स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ।
३० हजार मूल्य बढीको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जी नेपाली बजारमा भित्रिएको हो।
यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ। यो नयाँँ डिजाइनबाट प्रष्ट हुन्छ कि रियलमीले आफ्नो युजर एक्स्पिरियन्स सुधार्न राम्रो प्रयास गरेको छ।
न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रो+ ५जिको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवात भएको कम्पनीले जानकारी दिएको छ।
उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ।’
रियलमी १० प्रो+ फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ।
आकर्षक नेबुला ब्लु रंगमा उपलब्ध रियलमी १० प्रो+ ५जीको स्टोरेज क्षमता ८ जीबी बाइ १२८ जीबी रहेको छ भने यसको मूल्य ४५ हजार ९९९ रुपैयाँ छ।
Shares
प्रतिक्रिया