आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।
फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहनेछ। अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनससम्म पाउन सकिनेछ।
मनि ग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ।
आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन्।
87
Shares
प्रतिक्रिया