ad ad

कारोबार


क्लासिक टेकको भुक्तानी सेल पे वालेटबाट गर्दा बुलेट बाइक जित्न सकिने

क्लासिक टेकको भुक्तानी सेल पे वालेटबाट गर्दा बुलेट बाइक जित्न सकिने

नेपालखबर
असार ६, २०८१ बिहिबार १४:३९, काठमाडौँ

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा विभिन्न उपहार जित्न सकिने भएको छ। 

कम्पनीले बुलेट बाइक सरर, इन्टरनेट टि. भी फरर  अफर सार्वजनिक गरेको हो।    

अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेट बाट भुक्तानी गर्दा एक जनाले बम्पर उपहारअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन्। 

त्यति मात्र नभई हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ। 

उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएससहित २०० बढी एचडी र एसडी च्यानल रहेको इन्टरनेट टि.भी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० एमबीपीएस इन्टरनेट ३ महिनाको मात्र रु. ३३०० जसमा वाइफाइ ६ राउटरसहितको प्याकेज समेत  रहेको  कम्पनीले  जानकारी गराएको छ। 

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .