ad ad

कारोबार


चौधरी ग्रुपले भित्र्यायो नथिङ ब्रान्डका फोन, स्मार्ट वाच र एयर बड्स, मूल्य कति?

चौधरी ग्रुपले भित्र्यायो नथिङ ब्रान्डका फोन, स्मार्ट वाच र एयर बड्स, मूल्य कति?

चाैधरी ग्रुपले नथिङ ब्रान्ड नेपाली बजारमा भित्र्याएकाे छ। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २४, २०८१ सोमबार १६:३६, काठमाडौँ

चाैधरी ग्रुपले नथिङ ब्रान्ड नेपाली बजारमा भित्र्याएकाे छ। सीजी माेबाइलले बेलायती ब्रान्ड नथिङका सीएमएफका ३ वटा प्राेडक्ट सार्वजनिक गरेकाे हाे। 

नथिङ टेक्नाेलाेजीका फाेन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेकाे छ। नथिङकाे नेपालका ब्रान्ड एम्बस्डर प्रदीप खड्का छन्। खड्काले भविष्यको माेबाइल ब्रान्ड नथिङ हुने बताए। 

नथिङले एयर बड्स, स्मार्ट वाच लगायतका प्राेडक्ट ल्याएको छ। जुन १० मिनेट चार्ज गर्दा १० घण्टा प्रयाेग गर्न सकिन्छ। स्मार्ट वाच ग्राहकले आफूअनुकूल कस्टाेमाइज गर्न सक्छन्। 

चाैधरी ग्रुपका निर्देशक निर्वाण चाैधरीले १० वर्षअघि माेबाइल व्यापार सुरू गरेकाे बताए।

उनले नथिङ ब्रान्डले ग्राहकलाई नयाँ अनुभव दिने भएकाले नेपालमा सार्वजनिक गरिएकाे बताए। भारतमा ४५ मिनेटमा ४५ हजार माेबाइल बिक्री भएकाे उनको भनाइ छ। 

सीजी माेबाइलका विनय जाेशीले चाैधरी ग्रुपकाे नयाँ विजनेश भर्टिकलमा सफलता  प्राप्त गर्ने बताए। 

नेपालमा सीजी डिजिटल र दराजबाट नयाँ प्राेडक्ट खरिद गर्न सकिने छ। सीजी डिजिटलले अनलाइनबाट खरिद गर्दा एक हजार छुट रहेकाे जनाएको छ। दराजबाट  ५०० छुट र भाैचर पाउन सकिन्छ। 

सीएमएफ १ काे ८ जीबी र्‍याम १२८ राेमकाे मूल्य ३६ हजार ९९९  रुपैयाँ छ। २५० राेम भएकाे माेबाइलकाे मूल्य ४१ हजार ४९९ रुपैयाँ छ। 

सीएमएफ २ काे माेबाइलकाे ८/१२८ काे  ४५ हजार ९९९ रुपैयाँ छ। १२/ २५० जीबीकाे ५२ हजार ९९९ रुपैयाँ छ।

सबै तस्बिर : सरोज बैजु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .