ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डको काँधमा थप २ मन्त्रालय

प्रधानमन्त्री प्रचण्डको काँधमा थप २ मन्त्रालय

नेपालखबर
असार २४, २०८१ सोमबार १६:३९, काठमाडौँ

दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा थप दुई मन्त्रालयको जिम्मेवारी थपिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेको शीतलनिवासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेका हुन्।

गत शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए। 

एमालेले सरकारको साथ छाडेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ। एमालेपछि जसपाले पनि सरकार छाडेर समर्थन फिर्ता लिइसकेको छ। एमालेले छाडेका ७ सहित अब प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयको संख्या ९ पुगेको छ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदमा  विश्वासको मत लिन संसद सचिवालयमा पत्र पठाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .