प्रभु बैँकका कर्मचारी तथा ग्राहकलले काठमाडौंको लाजिम्पाटमा रहेको र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन्।
होटल र बैंकबीच विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको प्रभु बैंकले जनाएको छ।
अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गत विगत दुई दशक लामो समयदेखि पाँचतारे होटल र्याडिसन सञ्चालनमा छ।
उक्त सम्झौतामा प्रभु बैँकका प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल र र्याडिसनका बजार प्रबन्धक सबिन राणा तथा खाद्य तथा पेय निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमध्ये खाना, पेस्ट्री सप, ट्रान्क्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौंले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० देखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन्।
Shares
प्रतिक्रिया