फागुन महिना लागेयता सुनको मूल्यमा लगातार गिरावट आएको छ।
१ गते १ लाख ४ हजार तोलामा कारोबार भएको सुन ५ गतेसम्म घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा आइपुगेको हो।
२ गते १ लाख ३ हजार ८ सय, ३ गते १ लाख ३ हजार ६ सय र ४ गते १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज छापावाल सुन १ लाख २ हजार ५ सयमा झर्दा तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदी पनि १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
108
Shares
प्रतिक्रिया