सुनको मूल्य फेरि १ हजार ८ सय रुपैयाँ प्रतितोला घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३६ हजार ९ सय र तेजाबी सुन १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख ३८ हजार ७ सय र १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएका थिए।
त्यस्तै चाँदी पनि आज १० रुपैयाँ प्रतितोला सस्तो भएको छ। योसँगै चाँदी आज १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन थोरै बढेर प्रतिऔँस २ हजार ३ सय ३७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३० डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
10.3k
Shares
प्रतिक्रिया