ad ad

राजनीति


टीओआर कार्यदलको बैठक : रवि जोडिएका सहकारीको नाम राख्ने कांग्रेसको प्रस्ताव

टीओआर  कार्यदलको बैठक : रवि जोडिएका सहकारीको नाम राख्ने कांग्रेसको प्रस्ताव

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १२:८, काठमाडौँ

सहकारीको रकम अपचनबारे छानबिन गर्न बनाइने संसदीय समितिको समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन भएको छ। 

शुक्रबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस थप लचक भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। 

‘आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔँ भन्ने ढंगको प्रस्ताव आएको छ,’ बर्तौलाले भने, ‘रवि माननीयज्यू जोडिएको सहकारीको कुरा के हो भन्ने छानबिन गर्नका लागि नयाँ प्रस्ताव आएको छछ। यस्तै परे उता सदन चल्दैगर्दा हामी यता छलफलमा बस्न सक्छौँ।’

बर्तौलाले सहमितका लागि अन्य अभ्यास अघि बढाइएको पनि बताए। 


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत सहकारीको रकम अपचलनमा संलग्नता रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ। 

संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि टीओआर (कार्यादेश) मा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .