युनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।
कम्पनीले आव २०७८/०७९ का लागि हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजारको ५ प्रतिशतले हुने ५ करोड १४ लाख ८ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिले २७ लाख ५ हजार ६८४ रुपैयाँबराबरको कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।
30
Shares
प्रतिक्रिया