बिहीबार रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा बाहिरिने यात्रुको चाप बढेको छ।
कोभिडको दोस्रो लहर सुरु भएसँगै वैशाख २३ गते राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान नगर्ने सरकारको निर्णयपछि त्रिभुवन विमानस्थल हुँदै बाहिरिनेको संख्या बढेको हो।
सरकारले बिहीबारबाट भारतबाहेकका देशमा अन्तर्राष्ट्रिय उडान वैशाख अन्तिमसम्म स्थगन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतमा एयर बबलको सुविधाको आधारमा दुई देशका यात्रु आउजाउ गर्न सक्छन्। जसमा हप्तामा दुई उडान मात्र हुनेछन्।
अध्यागमन विभागका अनुसार अप्रिल महिनामा मात्रै २२ हजार ४ सय ५० विदेशी नेपाल आएका थिए। हिमाल आरोहणमा आएका विदेशी पर्यटकबाहेक अरु फर्किन लागेका हुन्।
कोभिड महामारी बढ्दो क्रममा रहेकाले वैशाख ३१ पछि पनि अन्तर्राष्ट्रिय उडान खुल्ने/नखुल्ने टुंगो नहुँदा अधिकांश पर्यटक फर्किन चाहेका हुन्।
त्यसबाहेक वैदेशिक रोजगारीबाट विदामा फर्किएका नेपाली पनि खाडी मुलुकमा जाने धेरै रहेको एयरलाइन्स कम्पनीले जनाएका छन्।
Shares
प्रतिक्रिया