पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले काठमाडौंको खुलामञ्च (हाल बसपार्क) मा पुगेर निःशुल्क खाना बाँडेका छन्।
हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसिएसन, गसिप क्विन र हाम्रो सानो प्रयास संस्थाले कोरोना महामारीका कारण हातमुख जोर्नसमेत समस्या भएकाहरूलाई बुधबार निःशुल्क खाना वितरण गरिरहेका बेला डा. भट्टराई पनि सहभागी भएका हुन्।
‘कोरोनाले सडकमा धकेलिएका नागरिकलाई राज्यले नहेरेपछि जनस्तरबाट खाना खुवाइरहेका स्वयंसेवीहरूका साथ,’ डा. भटट्राइले खाना बाँडिरहेको तस्बिरसति फेसबुकमा लेखेका छन्, ‘जनसेवामा खटेका हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसिएसन, गभिव क्विन र हाम्रो सानो प्रयासलाई धन्यवाद।’
केही हप्तायता बसपार्कमा त्यस्ता गरिबलाई विभिन्न संघ संस्थाले दैनिकजसो निःशुल्क खाना खुवाइरहेका छन्।
3
Shares
प्रतिक्रिया