टेलिकम कम्पनी नोकियाले सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने भएको छ।
बीबीसीका अनुसार आफ्नो खर्च घटाउन भन्दै नोकियाले भारी मात्रामा रोजगारी कटौती गर्न लागेको हो।
उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको माग घटेको उल्लेख गर्दै कम्पनीले जुलाई र सेप्टेम्बरको बीचमा व्यापारमा २० प्रतिशत गिरावट आएको जनाएको छ।
नोकियाका हाल विश्वभर ८६ हजार कर्मचारी छन्। नोकियाले सन् २०१५ यता हजारौँ मानिसलाई रोजगारीबाट निकालेको छ।
नोकिया कुनै समय संसारको सबैभन्दा ठूलो ह्यान्डसेट कम्पनी थियो। तर ऊ स्मार्टफोनको दुनियामा पछि पर्यो।
त्यसपछि नोकिया फाईभजी उपकरणको व्यवसायमा लाग्यो।
204
Shares
प्रतिक्रिया