नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र गण्डकी प्रदेशकै विकासको जिम्मा आफूले लिने बताएका छन्।
सोमबार लमजुङको राइनासमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
अब गण्डकी प्रदेशको विकासको नेतृत्व आफूले लिने बताउँदै मंसिर ४ पछि यही क्षेत्रबाट प्रधानमन्त्री हुन सक्ने पनि उल्लेख गरे।
उनले आमसभामा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका महासचिव देव गुरुङसहितलाई साथमा लिएर गण्डकीको विकास गर्ने बताए।
'म पारीपट्टी गोरखा क्षेत्र नम्बर २ मा उभिएको छु। लमजुङमा देव गुरुङ खडा हुनुहुन्छ। तनहुँमा रामचन्द्र पौडेल खडा हुनुहुन्छ', दाहालले भने, 'म यस क्षेत्र (गण्डकी) को विकासको नेतृत्व लिन तयार छु। उस्तै पर्यो भने भोलि सरकारको नेतृत्व पनि यहीँ वरिपरि आउन सक्छ।'
51
Shares
प्रतिक्रिया