ad ad

कला


एक सय कलाकारसहितको लघुचलचित्र ‘खेदा’ सार्वजनिक (भिडिओ)

एक सय कलाकारसहितको लघुचलचित्र ‘खेदा’ सार्वजनिक (भिडिओ)

नेपालखबर
असार २४, २०७८ बिहिबार १४:२४,

लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ।

भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघु चलचित्र अगाडि बढेको छ। विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ। धाननाचबाटै मनपराइएको युवायुवतीबीच विवाहको लागि लाने/जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ।

बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ। पालामलाई प्राथमिकतामा राखिएको चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बूले गाएका छन्। रचना नेम खापुङ लिम्बू, लय सङकलन सुमन लिम्बू, सङ्गीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ। मनु र सुमनलाई भिम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दिपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पाःलाम खाप्न सघाएका छन्।

भिडिओको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डिबि आङबुङ लिम्बूले गरेका हुन्। ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन्।

चलचित्रमा रुकमान लिम्बू र सबनम साबा लिम्बू गरेका छन् भने यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायतले अभिनय गरेका छ।

याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन बिनोद लामा ब्यग्राउन्ड म्युजिक विकास दाहालको सम्पादन कथा निर्देशन लोकेन सावाको निर्देशन रहेको छ।रुबुसा क्रिएटिभ वर्कले लघुचलचित्र ‘खेदा’ (कथा) लाई सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .