ad ad

कला


‘१२ सत्ताइस’ को फर्स्टलुक सार्वजनिक

‘१२ सत्ताइस’ को फर्स्टलुक सार्वजनिक

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार ६:५९,

 तिहारको अवसर पारेर चलचित्र ‘१२ सत्ताइस’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिइएको छ।

डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिर श्रेष्ठ,अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतकाको प्रमुख अभिनय रहेको छ। फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस सिनेमाले ३ जना युवा बेरोजगारहरुको कथा समेटेको छ।

‘उत्कृष्ट सिनेमा बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए सिनेमा राम्रो बन्छ र हाम्रो सिनेमाले दर्शकको मन जित्छ’, निर्देशक योञ्जनले भने।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमा लाई रेणु राना, दीपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन्। चलचित्रका लागि सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ।

आगामी मंसिर २७ गते बाट प्रदर्शनमा आउने यस सिनेमालाई काफिया फिल्म्स र श्री ब्यांकटेस ईन्टरटेन्टमेन्टले बितरणको जिम्मा लिएको छ।

निर्देशक योञ्जनकै कथा रहेको यस सिनेमामा दीपक आर्जेको संगीत रहेको छ। गिरिस खतिवडा र दीपक आर्जेको शब्द रहेको यस सिनेमालाई अनिश स्यांगदेनले खिचेका छन् चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .