ad ad

समाज


फूलजस्तै राम्री चिनियाँ अभिनेतृसँगका तीन दिन (फोटो/भिडियो)

फूलजस्तै राम्री चिनियाँ अभिनेतृसँगका तीन दिन (फोटो/भिडियो)

वाशुदेव मिश्र
कात्तिक १०, २०७६ आइतबार ७:१,

चिनियाँ अभिनेतृ स्वी छिङ कार्तिक पहिलो साता सुटुक्क नेपाल आइन्। निजी भ्रमणको क्रममा नेपाल आएकी स्वीलाई पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष १०२० को सद्भावना दूत घोषणा गर्यो।

सद्भावना दूत घोषणा लगत्तै उनी पोखरा आइन्। पोखरामा उनले फेवातालमा नौकाविहार गरिन् र प्याराग्लाइडिङमा रमाइन्। अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको यात्रा गरिन्, फोटो खिचाइन् र चीनमा नेपालको प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

छोटो बसाईमा उनले खैँजडी र मादल बजाउन भ्याइन्। लिङ्गे पिङमा मच्चिइन्। हातैले नेपाली दालभात खाइन् र फेरि नेपाल आउने वाचा गर्दै चीन फर्किइन्।

सेलिब्रेटी हुन्, स्वी। ५० वर्षीया यी अभिनेतृका फ्यान फलोअर्स नै १.४ बिलियन छन्। चिनियाँ सामाजिक सञ्जाल वैपोमा पछ्याउनेहरुले उनलाई ‘समर क्विन’ र हन्ड्रेड फ्लावर्स अर्थात सयवटा फूलभन्दा पनि सुन्दर व्यक्ति भन्ने गर्छन्। उमेरले ४० काटे पनि उनी उस्तै सुन्दर छिन्। अविवाहित रहनु उनको अर्को विशेषता हो।

Xu3 1

स्वी छिङले ‘पियान्चौ पियान्छाङ’ (लाइफ अन अ स्ट्रिङ) चलचित्रबाट डेब्यु गरेकी थिइन्। हलिउड तथा चिनियाँ चलचित्र दुनियाँमा निरन्तर सक्रिय स्वीको ‘गुड अगेन्स्ट एभिल’ चलचित्र गतवर्ष ५५ औं ताइवान गोल्डेन हर्स अवार्डमा छानिएको थियो।

सन् २०१८ मा उनले हिडन म्यानमा अभियन गरिन् भने त्यही वर्ष उनको टेलिभिजन सिरिज नोभाल्याण्ड इगल फ्ल्याग पनि लोकप्रिय भयो।

Xu13

मिस्टर सिक्स, २४ आवर्स इन लभ, साइलेन्स अफ स्मोक, द हिडन स्वार्डलगायत उनीद्वारा अभिनीत फिल्म र टेलिभिजन सिरिजहरु अहिले पनि लोकप्रिय रहेका छन्। उनले विभिन्न अवार्डहरु पनि जितेकी छन्।

स्वीको नेपाल भ्रमण निजी थियो। नजिकका साथीको आग्रहमा उनी नेपाल आएकी थिइन्। यी हिरोइन नेपाल आउँदै गरेको कुरा वामदेव गौतमका छोरा हरिशदेव गौतमले थाहा पाए।

भिडियोः

स्वीलाई जसले निम्त्याउँदै थिए, ती हरिशका साथी थिए। चीनमा पढ्दादेखिकै साथीकै कारण पर्यटनमन्त्रीसँग स्वीको भेट सम्भव भयो। उनलाई सद्भावना दूत बनाइयो।

स्वीको ७ सदस्यीय टोलीको पोखरा भ्रमणको व्यवस्थापन हिमालय फ्रण्टियर्स प्याराग्लाइडिङका शैलेन्द्र रावत र नर्थ नेपाल टुर्स एण्ड ट्रेक्सका संचालक मोहनराज अधिकारीले गरेका थिए।

Xu2

रावतका अनुसार दशैँको दिन उनी वामदेव गौतमकहाँ टीका लगाउन गएका थिए। वामदेवका छोरा हरिशदेव गौतमले योगेश भट्टराईलाई भेट्नु भयो भनेर सोधे। भोलिपल्ट शैलेन्द्र योगेशकहाँ गए। नेपाल चिनेका साथीलाई पच्छ्याउँदै स्वी नेपाल आएकी थिइन्। नेपाल चिनेका ती चिनियाँसँग हरिशको राम्रो सम्बन्ध थियो।

चीनमा पढ्दादेखिकै साथीको कारण स्वीलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत बनाउने कुरा चल्यो। पर्यटनमन्त्रीले स्वीको प्रोफाइल मागे। प्रोफाइल हेरेपछि स्वी चीनको लोकप्रिय नायिका भएको खुल्यो। पर्यटनमन्त्रीले स्वीलाई सद्भावना दूत बनाउन सहमति जनाए।

अक्टोबर १८ मा काठमाडौं झरेकी स्वी सोल्टी होटलमा बसिन्। १९ मा स्वीलाई सद्भावना दूत घोषणा गरियो। अर्को दिन स्वी पोखरा आइन्।

Xu11

शैलेन्द्र र मोहनले स्वीको टोलीलाई यहाँ फिस्टेल लजमा लगेर राखे। भोलिपल्ट प्याराग्लाइडिङ लगियो। मौसम राम्रो थिएन तर छोटो उडानमा प्याराग्लाइडिङ के हो भन्ने बुझिन्। तोरीपानीमा लगियो। उनीसँग सात जना साथीहरु थिए।

‘मौसम राम्रो थिएन, त्यसैले छोटो भयो, त्यहाँ आर्मीका खेलाडी पनि थिए, उनीहरुले स्वागत गरे’, मोहनले भने, ‘चीनबाट आउने पर्यटकहरु यहाँ प्याराग्लाइडिङ गर्न आउँछन्। अप इन द विण्ड भन्ने फिल्मले नै दिएको हो। त्यही फिल्मका कारण चाइनिजहरु प्याराग्लाइडिङ मन पराउँछन्।स्वीका साथीहरु ढिला उडे। होटल पनि साह्रै मन पराए। स्वी रमाइन्।’

Xu5

प्याराग्याइडिङ उडेपछि तल झरेर स्वीले पिङ पनि खेलिन्। बिहान फेवातालमा नौकाविहार गराइयो। फेवामा बोटिङ गर्दा नेपाली पोशाक लगाएका वाद्यवादकले नेपाली धुन बताए। उनी आफैले मादल र खैँजडी बजाउँदै रमाइलो गरिन्। भोलिपल्ट अन्नपूर्ण बेसक्याम्प पुगेपछि भने स्वी साँच्चिकै रमाइन् रे। उनले त्यहाँ विभिन्न पोजमा फोटो खिचिन्। भिडियो बनाइयो।

‘अन्नपूर्ण बेसक्याम्पमा त उनी यति खुसी देखिइन् कि, हामीसँग पनि मज्जाले खुलेर कुरा गरिन्’, शैलेन्द्र र मोहनले भने,‘ पोखरा छाड्ने दिनमा उनले हाम्रो टिमलाई नै बोलाइन्, हामीसँगै बसेर हातले नै नेपाली खाना खाइन् र फेरि आउँदा ३ दिन पोखरा बस्ने वाचा पनि गरिन्।’

Xu9

सुरुम शैलेन्द्र र मोहनलाई यी सेलिब्रेटीले तिमीहरुसँग बसेर बढीमा जुस मात्रै खान्छिन् र उनी साह्रै घुलमिल पनि हुन्नन् भनिएको थियो। तर, व्यवहारमा भने उनी फरक देखिइन्। नेपालीहरुसँग मज्जाले सेल्फी खिचाइन्। चिनियाँहरुसँग भने उनी परै बसिन्।

‘मुख्य कुरा त उनले हामीसँग आत्मियता साटिन्, उनीजत्तिको सेलिब्रेटीसँग सँगै बसेर खाना खानु, फोटो खिचाउनु पनि ठूलै कुरा हो’, मोहनले भने,‘ अझ उनले चीनमा नेपालको प्रचार गर्ने जुन प्रतिवद्धता व्यक्त गरेकी छन्, त्यो झन ठूलो कुरा हो।’

Xu7

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .