लामो समयपछि बलिउडका चर्चित निर्देशक रामगोपाल बर्मा बलिउड फर्किएका छन्। यसपटक उनले मार्शल आर्टको विषयको फिल्मका साथ कमब्याक गरेका हुन्।
फिल्मको नाम हो ‘इटर द गर्ल ड्रागन’। एक्सनप्रधान फिल्ममा महिला शीर्ष भूमिकामा रहेकी छन्। मार्शल आर्टमाथि बनेको यो फिल्ममा पूजा भालेकरको दमदार एक्सन देख्न सकिन्छ जो ब्रुस लि के प्रशंसक हुन्।
फिल्मको टिजर मन परेपछि बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेका छन्। उनले बर्माको यो फिल्म भारतकाे पहिलो मार्शल आर्ट फिल्म भएको दावी समेत गरेका छन्।
‘रामगोपाल बर्माको नयाँ फिल्म ‘इन्टर द गर्ल ड्रागन’ भारतको पहिलो मार्शल आर्ट फिल्म हो’,अमिताभले ट्विटरमा भनेका छन्, ‘यो भारत र चीनको सहकार्यमा तयार भएको छ। रामूलाई शुभकामना।’
बर्माले फिल्मको टिजर सार्वजनिक गर्दै यो फिल्म त्रिकोणत्मक प्रेमकथामा आधारित छ। टिजरमा पूजा भालेकरलाई दमदार एक्सनका साथमा देख्न सकिन्छ। कतिपय दृश्यमा उनको बोल्ड रुपमा समेत देख्न सकिन्छ।
प्रतिक्रिया