ad ad

कला


हिरोपछि एक्टर बन्ने प्रदीपको सपना

हिरोपछि एक्टर बन्ने प्रदीपको सपना

नेपालखबर
साउन २, २०७९ सोमबार ८:१४, काठमाडौँ

नेपाली चलचित्र वृत्तमा अहिले कलाकार प्रदीप खड्काको राम्रै चर्चा छ। उनलाई फिल्म 'प्रकाश' ले राम्रै चर्चा दिलाएको हो। 

यो फिल्मको शीर्ष भूमिकामा अभिनय गरेका प्रकाश फिल्मका पोस्टर र टिजरका कारण चर्चामा आएका हुन्। 

चर्चामा थप मसलाको काम गरेको छ फिल्मका लागि उनले गरेको मेहनत।

दिनेश राउतले निर्देशन गरेको यो फिल्मका लागि प्रदीपले विभिन्न वर्कसप गरिरहँदा उनकी आमाले फिल्म लाइन नै छोड्न गरेको आग्रह पनि अहिले चर्चाको विषय बनेको छ।

अगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको अहिले प्रचारको काम राम्रै भइरहेको छ।

प्रचारकै क्रममा फिल्म युनिटले आयोजना गरेको कार्यक्रममा प्रकाश निकै परिपक्व सुनिए। उनले पहिला हिरो बनेको र अब एक्टर बन्ने लक्ष्य रहेको प्रदीपले सुनाए। 

फिल्म 'इस्केप' बाट अभिनय यात्रा सुरु गरेका प्रदीपको 'प्रेम गीत' जस्ता मूलधारे फिल्मले चर्चा दियो। उनी यही चर्चामा रमाए।

'पारस' मा काम गरेपछि भने बल्ल प्रदीपले अभिनयको स्वाद थाहा पाएका छन्।

उनले 'तिमी हिरो बन्छौ त' भन्ने प्रश्नबाट सुरु भएको फिल्मी करिअरमा कस्तो फिल्म खेल्नु पर्छ भनेर आफूलाई सुरुवाती दिनमा थाहै नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .