आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले गठन गरेको घोषणापत्र तयारी समितिको सदस्यमा निर्देशक मीन भाम पनि मनोनयन भएका छन्।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिमा उनलाई पनि सदस्य बनाइको हो।
निर्देशक भाम मंसिर ४ मा हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा पनि सिफारिस भइसकेका छन्।
उनलाई मुगुको छायानाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फबाट कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो।
भाम लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन्।
‘कालोपोथी’ फेम्ड निर्देशक भाम नयाँ फिल्म ‘चिसो वर्ष’को प्रि–प्रोडक्सनमा व्यस्त छन्। उनको यो फिल्म आगामी पुसमा छायांकन सुरु गर्ने भामको तयारी छ।
24
Shares
प्रतिक्रिया