ad ad

कला


आमा बन्न तयार करिश्माले पोखिन् अवार्ड नपाउँदाको असन्तुष्टि

आमा बन्न तयार करिश्माले पोखिन् अवार्ड नपाउँदाको असन्तुष्टि

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ११:४२, काठमाडौँ

नेपाली फिल्म उद्योगमा सदाबहार नायिकाको उपमा पाएकी करिश्माको अभिनयको खासै चर्चा हुने गरेको छैन। उनीभन्दा निकै पछि आएका अभिनेत्रीले विभिन्न अवार्ड पाइसके। करिश्माको नाम भने अवार्ड सूचीमा पनि खासै देखिँदैन। करिश्माले सोमबार घुमाउरो पारामा यो असन्तुष्टि पोखेकी छन्। 

उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘बगान’को गीत सार्वजनिक कार्यक्रममा आफूले नपाएको भूमिकाका बारेमा समेत बोल्न भ्याइन्। करिश्माले आफ्नो चर्चा सधैँ सुन्दरतासँग जोडेर मात्रै भएको भन्दै दुखेसो पोखिन्।

भनिन् ‘मेरो चर्चा सुन्दरता र पहिरनसँग मात्रै जोडेर गरियो। मलाई कहिले पनि गम्भीर खालका भूमिकामा अफर गरिएन। सायद मैले गर्न सक्छु भन्ने मेकरलाई नलागेको हुनसक्छ।’ 

पछिल्लो समय निकै अब्बल कलाकार फिल्म उद्योगमा आइरहेका छन्। त्यसैले पनि निर्माता/निर्देशकले करिश्मालाई खासै सम्झना गर्दैनन्। त्यसैले लामो समयदेखि करिश्मा फिल्ममा देखिएकी छैनन्।

उनकै समकालीन नायक राजेश हमालले बाबुको भूमिका निर्वाह गर्न अस्वीकार गरिरहेका बेला करिश्माले भने हजुरआमाको भूमिका गर्न तयार रहेको बताएकी छन्।

भन्छिन्, ‘बलियो भूमिका पाएको खण्डमा आमाको मात्रै नभएर हजुरआमाको भूमिका निर्वाह गर्न तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .