अभिनेता आर्यन सिग्देल स्टार फिल्म ‘डिसेम्बर फल्स’को चर्चा सुरु भएको छ।
फिल्मको पहिलो पोस्टर सार्वजनिक भएसँगै फिलमको चर्चा सुरु भएको हो। फिल्म निर्माण टिमले केही दिनअघि फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरेको थियो।
यो फिल्म आगामी पुस १५ बाट अल नेपाल रिलिज हुने भएको छ। फिल्मको शीर्ष भूमिकामा आर्यनको साथमा उपासना सिंह ठकुरी देखिने छिन्। फिल्मको पहिलो पोस्टरका कारण मा उपासना र आर्यन दुबैको चर्चा भइरहेको छ।
एक समयका व्यस्त अभिनेता आर्यन पर्दामा नदेखिएको लामै समय भइसक्यो। उनी यो फिल्ममार्फत आफ्नो क्रेज फर्काउन चाहन्छन्। त्यसैले पनि ‘डिसेम्बर फल्स’मा आर्यले निक्कै मेहनत गरिरहेका छन्।
यसैबिच, फिल्मको छायांकन स्थलबाट आर्यनको फरक लुक्स सार्वजनिक भएको छ। आर्यनको सार्वजनिक लुक्सलाई धेरैले मन पनि पराएका छन्। आर्यनको सुसेल्दै गरेको तस्बिर सार्वजनिक भएको हो।
Shares
प्रतिक्रिया