ad ad

कला


फिल्म हिट भएपछि गीत रिलिज

फिल्म हिट भएपछि गीत रिलिज

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ७:५०, काठमाडौँ

नेपाली फिल्म ‘महापुरुष’ हलमा हिट भयो। अघिल्लो साता प्रदर्शनमा आएको यो फिल्मले राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको दोस्रो सातामा आएर फिल्मको गीत रिलिज गरिएको छ। फिल्ममा समावेश गरिएको ‘पर्खाल’बोलको गीत रिलिज गरिएको हो।

सार्वजनिक गीतमा हरिवंश आचार्य र गौरी मल्ललाई देख्न सकिन्छ। फिल्म हलमै पुगेर हेरिसकेका दर्शकलाई त थाहा नै छ, नयाँ दर्शकले भने यो गीतमा हरिवंश र गौरीको सामिप्यता देख्न पाउँछन्। गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि देखिएका छन्। 

गीतमा शान्तिम कोइरालालाई सुन्न सकिन्छ । कल्याण सिंहले संगीत गरेको गीत नवराज पराजुलीले लेखेका हुन्। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महापुरुष’ अहिले नेपाल लगायत अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भैरहेको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट, अरुण क्षेत्री र अञ्जना बराईलीले शिर्ष भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .