दोहोरी कलाकार जोडी शंकर क्षेत्री र बबिता बानियाँ ‘जेरी’ले आजबाट वैवाहिक सम्बन्ध कानुनी रूपमै अन्त्य गरेका छन्।
जिल्ला अदालत काठमाडौं पुगेर उनीहरूले आपसमा सम्बन्ध विच्छेद गरेका हुन्।
सम्बन्ध विच्छेदपछि जेरी निकै भावुक भएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई...मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्यो समयले...तिमीले दिएका हर आँशुको थोपालाई मोती बनाउने कोसिस गर्ने छु...आजबाट अलग भइयो।’
6.8k
Shares
प्रतिक्रिया