केही दिनअघि मात्रै निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतको विवाह भयो। छोराको विवाहमा शोभितले प्रायः सबै कलाकार तथा रंग पत्रकारलाई निम्तो गरे।
अग्रजदेखि अनुजसम्मको ठूलो भिडमा अग्रज पत्रकार प्रकाश सुवेदी देखिएनन्।
उनले छोराको विवाहको तयारी गर्दै भनेका थिए ‘मेरो छोराको बिहेमा सबैलाई बोलाउँछु, एकजना पत्रकारलाई बोलाउँदिन।’
सलोनको विवाहपछि प्रकाश सुवेदीले आफ्नो ‘शो’मा शोभितलाई बोलाए। उनले बोलेको त्यहि क्लिप्स देखाएर कसलाई भनेको भनेर सोधे। शोभितले सिधै भनिदिए तपाईंलाई।
शोभितले छोरा सलोनलाई दिएको टरचरका कारण आफ्नो ट्वाइलेटको कमोडमा लेमिनेसन गरेर बसेको बताए। अर्का पत्रकार अनुप भट्टराईको तस्बिर डोरम्याटमा टाँसेर खुट्टा पुछ्ने गरेको बताए।
शोभितको प्रकाशप्रतिको रिस यतिमै सकिएनछ। उनले दसैँमा खसी काट्दा ‘तँलाई प्रकाश सुवेदी’ भन्दै मार हानेको बताएका छन्।
Shares
प्रतिक्रिया