नम्रता श्रेष्ठ र विनय श्रेष्ठ १४ वर्षअघि एकसाथ पर्दामा देखिएका थिए। दर्शकले यो जोडीलाई निकै रुचाएका थिए। यो जोडीलाई एकसाथ पर्दामा हेर्न पर्खिरहेका दर्शक ‘ग्रहण’मा सँगै देखिने खबरले खुसी भएका थिए।
तर तत्काकालका लागि यो सम्भावना टरेको छ। विनयले फिल्म ‘ग्रहण’बाट हात झिकेको छन्। फिल्मको अन्तिम ड्राफ्ट मन नपरेको भन्दै विनयले प्रोजेक्ट छाडेपछि उनीहरूलाई सँगै हेर्न पर्खिरहेका दर्शकको अपेक्षा पूरा नहुने भएको छ।
विनयको ठाउँमा फिल्म निर्माण टिमले दिव्यदेवलाई भित्र्याएको छ। विनय र नम्रताले सन् २००८ मा बनेको ‘सानो संसर’ अनस्क्रिन रोमान्स गरेका थिए। त्यसपछि उनीहरू सँगै देखिएका छैनन्।
राजीव गुरुङको निर्देशनमा बन्ने ‘ग्रहण’ आगामी पुस १५ देखि छायांकनमा जाने छ।
327
Shares
प्रतिक्रिया