अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतले लगनगाँठो कसेको लामो समय भइसक्यो। उनीभन्दा पछि विवाह गरेका ऋचा शर्मा, प्रियंका कार्की आमा भइसके तर स्वस्तिमा भएकी छैनन्।
स्वस्तिमालाई उनका फ्यानहरुले प्रश्न गरिरहेका छन्, ‘आमा बन्ने कहिले?’
स्वस्तिमा भने मौन देखिएकी छन्।
स्वस्तिमा गत साता नायक संयम पुरी र नायिका आश्मा डीसीको वैवाहिक समारोहमा पुगिन्। सारीमा सजिएर पुगेकी स्वस्तिमा खुलेर नाचिन्।
सामाजिक सञ्जालमा तस्बिर सेयर गरिन्।
उनका तिनै तस्बिरमा कमेन्ट गर्दै फ्यानले सोधका छन्, ‘तपाईंचाहिँ मा कहिले बन्नु हुने नि ?’
उनलाई एलबी मोक्तान तामाङ नाम गरेका फ्यानले आमा बन्ने कहिले भनेर प्रश्न गरेका हुन्।
अब्बल अभिनय गर्ने अभिनेत्रीका रुपमा चिनिएकी स्वस्तिमा पछिल्लो समय ‘चिसो मान्छे’मा देखिएकी थिइन्।
135
Shares
प्रतिक्रिया